वतावरण संरक्षणको बहानामा चीन तिब्बतमा पकड मजबुत बनाउँदै | Khabarhub Khabarhub

वतावरण संरक्षणको बहानामा चीन तिब्बतमा पकड मजबुत बनाउँदै


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वतावरण संरक्षणका नाममा चीनले तिब्बतमा आफ्नो पकड मजबुत बनाउँदै लगेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीले ‘अति उच्च पर्यावरणीय पुनर्वास’ कार्यक्रमका नाममा तिब्बतीहरुलाई अर्कै स्थानमा पुनर्वास गराएर तिब्बतमा आफ्नो पकड मजबुत बनाएको हो ।

सीसीपीले सन् २०१८ मा यस कार्यक्रम अघि सारेको थियो । हुन पनि सन् २००० को सुरुवात देखि नै चीनले तिब्बत र छिमेकी प्रान्तका फिरन्ते बासिन्दाहरुलाई जबरजस्ती पुनर्वास गर्दै आइरहेको छ । यसरी पुनर्वास गरिएका तिब्बतीहरुको सङ्ख्या २० लाखसम्म रहेको जानकारहरु बताउँछन् ।

गरिबी उन्मूलन र वातावरणीय चिन्ताका नाममा तिब्बतीहरुलाई अर्कै स्थानमा पुनर्वास गरिएपनि वास्तवमा सीसीपीको मुख्य उद्देश्य भने सो क्षेत्रमा आफ्नो पकड मजबुत बनाउनु रहेको बताइएको छ । सहरमा बसोबास गर्ने र फिरन्तु जीवन बिताउने तिब्बतीबीच आम्दानीको ठूलो खाडल रहेको भन्दै चीनले गरिबी निवारणका नाममा पुनर्वास कार्यक्रम अघि सारेको हो ।

तर, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सेवाको बाचा गरिएपनि यसरी पुनर्वास गराइएको तिब्बतीले बाचाअनुसारको सेवा भने पाउन सकेका छैनन् ।

स्रोत- ९ ड्यास लाइन

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : २४ बजे

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम