एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई « Khabarhub

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ । शुक्रबार चौथो टि–२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै ३–१ ले अघि हुँदै भारतले उपाधि जितेको हो ।

सिरिजको चौथो खेलमा जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । उसका लागि कप्तान म्याथ्यु वेड २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा नट आउट रहे ।

त्यस्तै ओपनर ट्रविस हेडले ३१, बेन म्याकमरमोट र टिम डेविड १९–१९ तथा म्याथ्यस सर्टले १८ रन बनाए । अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ भारतका स्पिनर अक्षर पटेलले ३ विकेट ,दीपक चाहरले २ तथा रवि विश्रोई र आवेश खानले १–१ विकेट लिए ।

त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।

भारतका लागि रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका लागि तीव्र गतिका बलर बेन ड्वाशिुसले ३, जेसन बेहरेन्डोर्फ र, तनवीर सांघाले २–२ विकेट लिए ।

पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ११ : १७ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन