एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई « Khabarhub

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ । शुक्रबार चौथो टि–२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै ३–१ ले अघि हुँदै भारतले उपाधि जितेको हो ।

सिरिजको चौथो खेलमा जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । उसका लागि कप्तान म्याथ्यु वेड २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा नट आउट रहे ।

त्यस्तै ओपनर ट्रविस हेडले ३१, बेन म्याकमरमोट र टिम डेविड १९–१९ तथा म्याथ्यस सर्टले १८ रन बनाए । अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ भारतका स्पिनर अक्षर पटेलले ३ विकेट ,दीपक चाहरले २ तथा रवि विश्रोई र आवेश खानले १–१ विकेट लिए ।

त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।

भारतका लागि रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका लागि तीव्र गतिका बलर बेन ड्वाशिुसले ३, जेसन बेहरेन्डोर्फ र, तनवीर सांघाले २–२ विकेट लिए ।

पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ११ : १७ बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका