जनजाति महासङ्घको महाधिवेशन जेठमा « Khabarhub

जनजाति महासङ्घको महाधिवेशन जेठमा


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

महासङ्घको अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा आज भएको केन्द्रीय कार्यसमितिको ५ औं पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासङ्घमा आबद्ध जातीय सङ्घका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासङ्घले जनाएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मङ्सिर ३० गते हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ०४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार