जनजाति महासङ्घको महाधिवेशन जेठमा « Khabarhub

जनजाति महासङ्घको महाधिवेशन जेठमा


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

महासङ्घको अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा आज भएको केन्द्रीय कार्यसमितिको ५ औं पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासङ्घमा आबद्ध जातीय सङ्घका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासङ्घले जनाएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मङ्सिर ३० गते हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ०४ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा