ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ « Khabarhub

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा  रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो ।

साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : १६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र