हराएको कुकुर भेटाउनेलाई अमेरिकामा घर तथा जग्गा पुरस्कारस्वरुप दिने घोषणा « Khabarhub

हराएको कुकुर भेटाउनेलाई अमेरिकामा घर तथा जग्गा पुरस्कारस्वरुप दिने घोषणा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिसहरु कुकुरप्रति यति सौखिन हुन्छन् कि आफ्नो घरपरिवारका सदस्यलाई भन्दा बढी माया गर्छन् । त्यसो त कुकुर पनि मालिक प्रति निकै बफादार हुन्छ ।

हालै अमेरिकामा यस्तै कुकुरलाई औधी माया गर्ने एक मालिकले आफ्नो हराएको कुकुर भेटाउनेलाई पुरस्कारको घोषणा गरे । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले चिहुवाहुवा प्रजातिको आफ्नो हराएको कुकुरलाई लामो समयसम्म खोजे तर अझै भेटाउन सकेका छैनन् ।

कुकुर नभेटिएपछि उनले कुकुर भेटाउनेलाई एउटा गज्जबको इनामको घोषणा गरे । उनले एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।

जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजे पनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधोमा पुगेका थिए । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस्
भन्ने चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । उक्त मेसेजमा लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ५२ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न