विधानसभा चुनाव : तीन प्रदेशमा भाजपा र तेलंगानामा कंग्रेस-आईको जित « Khabarhub

विधानसभा चुनाव : तीन प्रदेशमा भाजपा र तेलंगानामा कंग्रेस-आईको जित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जितेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो ।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस-आईले ६५ सिट मात्र जितेको छ । त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस-आईले ६९ सिट जितेको छ ।

छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस–आईले ३२ सिट जितेको छ । सन् २०१८ को निर्वाचनमा कंग्रेस–आईले जितेका यी तीन प्रदेशमा भाजपाले जित हासिल गरेसँगै कंग्रेस–आईलाई धक्का लागेको छ।

तेलंगना राज्यमा भने कंग्रेस–आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ। तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ । सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ३९ बजे

महालेखा सुझाव पालना गरे बेरुजु घट्छ : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको

दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर