तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु « Khabarhub

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तान्जानिया– उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको थियो ।

बाढीपहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको र ८५ जना घाइते भएको उत्तरी तान्जानियाको मन्यारा क्षेत्रकी क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख गर्दै यस क्षेत्रका धेरै सडक हिलो, पानी र रूख र ढुङ्गाले अवरुद्ध भएको समेत बताएकी छिन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन अहिले राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि दुबईमा रहेकी छिन् । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्, ‘बाढीपहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न आदेश दिन्छु ।’

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : १२ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो