९ हजार सवारीसाधन कारवाहीमा « Khabarhub

९ हजार सवारीसाधन कारवाहीमा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ ।

अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४/०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल दुई हजार ६५४ र अन्य ४० गरी नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका हुन् ।

कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताए ।

उनका अनुसार पछिल्लो समय दुर्घटना हुने क्रम पनि बढ्दो छ । विशेष गरी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् । गएको आवमा २५ सवारी दुर्घटनामा परेको प्रहरीको आँकडाले देखाएको छ । दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएको र २९ जना घाइते भएका छन् ।

“ट्राफिक नियम पालनामा कडाइ गरिरहेका छौँ”, प्रनानि रानाभाटले भने, “नियमित चेकजाँचसँगै समुदायस्तरमा ट्राफिक सचेतना जगाउने काम भइरहेको छ ।” बढ्दो शहरीकरणसँगै सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

यसैबीच, प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतबार जिल्लाका सरोकार भएका पक्षबीच सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा अन्तरक्रिया गरेको छ । ट्राफिक नियम पालनामा सबै पक्षबाट सहयोग र समन्वयको प्रतिबद्धता आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ३४ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर