ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र « Khabarhub

ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र बन्दै गएको छ । ताइवानमा आगामी जनवरी १३ मा चुनाव हुँदैछ । चीनले ताइवान स्ट्रेटमा नौसैनिक यद्धपोत, लडाकु विमानको परिचालनलाई तीव्र बनाएको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो ।

चीनले ताइवान स्ट्रेट क्षेत्रमा जे १० र जे १६ लडाकु विमान उडाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, युद्धपोतबाट चिनियाँ सेनाले हेलिकोप्टर पनि तैनाथ गरेको जनाइएको छ ।

तीमध्ये ११ वटा लडाकु विमानले ताइवान स्ट्रेटको मेडन लाइन पार गरेको ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सैन्य गतिविधिको निगरानीका लागि ताइवानले पनि आफ्ना लडाकु विमान परिचालन गरेको थियो ।

चीनले लोकतान्त्रिक नेतृत्व रहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई गाभ्ने चेतावनी पनि दिने गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०५ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा