बेपत्ता स्वास्थ्यकर्मी मृत फेला « Khabarhub

बेपत्ता स्वास्थ्यकर्मी मृत फेला


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

हुम्ला– चार दिनदेखि बेपत्ता भएका सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला  परेका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।

फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।

मुचुल्कापछि आज बाजुराको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : २९ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ