पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ । यसैगरी सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको हो । खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडरमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : २६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि