आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, नेपालमा ५२ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेवका सेवामा  | Khabarhub Khabarhub

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, नेपालमा ५२ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेवका सेवामा 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । 

उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सराहनीय छ ।

खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका-ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ५१ बजे

पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ

भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर