अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ | Khabarhub Khabarhub

अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय  संगित केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगितको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ५२ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय