शाहरुख खानको ‘डंकी’ को ट्रेलर सार्वजनिक « Khabarhub

शाहरुख खानको ‘डंकी’ को ट्रेलर सार्वजनिक


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘डंकी’ को ट्रेलर सर्वजनिक भएको छ । २१ डिसेम्बरबाट प्रदर्शनमा आउने डंकी शाहरुख खानको बहुप्रतिक्षित फिल्म हो ।

कमेडी जनरामा निर्मित फिल्म डंकीमा अवैध आप्रवासनका क्रममा झेल्नुपर्ने समस्या देखाइएको छ । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता खान र ताप्सी पन्नुको मुख्य भूमिका रहेको छ । त्यस्तै, यस फिल्ममा विक्की कौशल, बोमन इरानी, विक्रम कोच्चर र अनिल ग्रोभरको अभिनय रहेको छ ।

निर्देशक हिरानीको यो छैठौँ फिल्म हो । उनले यसअघि, मुन्ना भाइ एमबीबीएस, लगे रहो मुन्ना भाइ, मुन्ना भाइ ३, थ्री एडियट्स, सञ्जु जस्ता व्यवसायिक र आलोचकबाट पनि सफल मानिएका फिल्म निर्देशन गरेका छन् । उनले निर्देशन गर्ने फिल्म सफल र सन्देशमूलक हुने आम दर्शकको बुझाइ छ ।

बलिउडका बादशाह खान र निर्देशनमा उकृष्ट मानिएका हिरानीको यो सहकार्य पनि अब्बल हुने ठानिएको छ । यो वर्ष दुई हिट फिल्म दिएका शाहरुखको यो फिल्म पनि सफल हुने उनका फ्यानको अपेक्षा छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ०४ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी