शाहरुख खानको ‘डंकी’ को ट्रेलर सार्वजनिक « Khabarhub

शाहरुख खानको ‘डंकी’ को ट्रेलर सार्वजनिक


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘डंकी’ को ट्रेलर सर्वजनिक भएको छ । २१ डिसेम्बरबाट प्रदर्शनमा आउने डंकी शाहरुख खानको बहुप्रतिक्षित फिल्म हो ।

कमेडी जनरामा निर्मित फिल्म डंकीमा अवैध आप्रवासनका क्रममा झेल्नुपर्ने समस्या देखाइएको छ । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता खान र ताप्सी पन्नुको मुख्य भूमिका रहेको छ । त्यस्तै, यस फिल्ममा विक्की कौशल, बोमन इरानी, विक्रम कोच्चर र अनिल ग्रोभरको अभिनय रहेको छ ।

निर्देशक हिरानीको यो छैठौँ फिल्म हो । उनले यसअघि, मुन्ना भाइ एमबीबीएस, लगे रहो मुन्ना भाइ, मुन्ना भाइ ३, थ्री एडियट्स, सञ्जु जस्ता व्यवसायिक र आलोचकबाट पनि सफल मानिएका फिल्म निर्देशन गरेका छन् । उनले निर्देशन गर्ने फिल्म सफल र सन्देशमूलक हुने आम दर्शकको बुझाइ छ ।

बलिउडका बादशाह खान र निर्देशनमा उकृष्ट मानिएका हिरानीको यो सहकार्य पनि अब्बल हुने ठानिएको छ । यो वर्ष दुई हिट फिल्म दिएका शाहरुखको यो फिल्म पनि सफल हुने उनका फ्यानको अपेक्षा छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ०४ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण