कतारमा रहेका श्रमिकलाई अरुको उक्साहटमा लागेर कम्पनी नछाड्न दूतावासको आग्रह « Khabarhub

कतारमा रहेका श्रमिकलाई अरुको उक्साहटमा लागेर कम्पनी नछाड्न दूतावासको आग्रह


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारको दोहास्थित नेपाली दूतावासले कतारमा रोजगारीमा रहेका नेपाली श्रमिकलाई अरुको उक्साहटमा लागेर काम गरिरहेको कम्पनी नछाड्न अपिल गरेको छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै राम्रो तलब, सेवासुविधा दिलाईदिने आश्वासनमा परेर आफूले काम गर्दै आएको कम्पनी नछोड्न आग्रह गरेको हो ।

श्रम सम्झौता करार विपरीत काम भएको प्रमाणित भएमा कतिपय सन्दर्भमा नयाँ रोजगारदातासँग काम गर्ने अनुमति प्राप्त हुने भएपनि आफूखुशी काम छोड्न र नयाँ रोजगारदातासँग जोडिन मिल्दैन । तर दलालहरुले धेरै पैसा कमाई हुने प्रलोभन देखाएर गैरकानूनी बनाउने र थप रकम असुल्दै समस्या सिर्जना गरिदिने घटना बढ्दै गएको छ ।

नेपाली दूतावासका तर्फबाट जारी गरिएको विज्ञप्तीमा राम्रो तलब, सेवासुविधा पाउने आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनेर थप पैसासमेत तिरेको र हाल आफू अलपत्र परेको भन्दै दूतावासमा उद्धारका लागि आउने क्रम बढेको उल्लेख गरिएको छ ।

दूतावासले पर्याप्त र ठोस आधारबिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परेर कार्यरत कम्पनी नछोड्न आग्रह गरेको छ ।

कतारको कानूनअनुसार त्यसरी आफूखुशी रोजगारदाता परिवर्तन गर्न पाइन्न । यसअघि कफाला अर्थात कतारमा रोजगारीका लागि आमन्त्रण गर्ने रोजगारदाताको अनुमतिविना रोजगारदाता परिवर्तन गर्न र मुलुक छोड्न समेत नपाईने व्यवस्था भएको कतारमा हाल त्यसमा केहि खुकुलो पारिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ११ : १० बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान