एलपिएलमा घोडाघोडी र शुक्लाफाँटा विजयी | Khabarhub Khabarhub

एलपिएलमा घोडाघोडी र शुक्लाफाँटा विजयी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा घोडाघोडी क्रिकेट एकेडेमी विजयी भएको छ ।

घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई चार विकेटले पराजित गरेको हो । सुदूरपश्चिमाञ्चल एकेडेमीले दिएको एकसय ११ रनको विजयी लक्ष्य घोडाघोडीले १६ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । घोडाघोडीको ब्याटिङमा ओपनर विपिनविक्रम शाहीले सार्वाधिक ३१ रन बनाए ।

सञ्जय बोहराले २२, कृष कार्कीले २० रन बनाए । सञ्जय र कृषको अविजित ३२ रनको साझेदारीले घोडाघाडीलाई सफलता मिलेको हो ।

सुदूरपश्चिमाञ्चलको बलिङमा वीरेन्द्र चन्द र पारस सुनारले दुई÷दुई, सौर्य श्रेष्ठ र निसान रेग्मीले एक÷एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले १८ दशमलव पाँच ओभरमा एकसय १० रनमा सबै विकेट गुमाएको थियो ।

सुदूरपश्चिमाञ्चलका लागि आशिष लुहारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै सन्दीप विष्टले २७ र किरण कार्कीले १४ रन बनाए । घोडाघोडीका हरिश बस्नेतले चार विकेट लिए । उनले चार ओभर खेल्दै २२ रन खर्चिए । सञ्जय बोहराले तीन, कृष कार्कीले दुई र भूपेश जोशीले एक विकेट लिए । खेलको ‘म्यान अफ दि म्याच’ सञ्जय बोहरा घोषित भए ।

आजै भएको अर्को खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेशनले खप्तड इन्डोर स्पोट्र्स ट्रेनिङ सेन्टरलाई एकसय १२ रनको विशाल अन्तरले पराजित ग¥यो । शुक्लाफाँटाले दिएको एकसय ७७ रनको लक्ष पछ्याएको खप्तड इन्डोरले १५ दशमलव एक ओभरमा ६४ रनमात्र जोड्न सक्यो ।

खप्तडका लागि पुकार चन्दले १३, प्रकाश पाण्डेयले १२ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । खप्तडालाई सस्तैमा समेट्न शुक्लाफाँटाका कैलाश ऐर एक्लैले पाँच विकेट लिए । ‘प्लेयर अफ दि म्याच’ घोषित उनले तीन दशमलव एक ओभरमा १५ रन खर्चिए । सुशील रावल, भरत चन्द, वसन्त खत्री र सुरज तिरुवाले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एकसय ७६ रन बनायो । शुक्लाफाँटाका लागि ओपनर अशोक विष्टले सर्वाधिक ४२ रन बनाए । उनले छ चौका प्रहार गरे । किरान ठगुन्नाले ३५, वसन्त खत्रीले २३, लोकेश जोशीले २० रन बनाए । अप्तड इन्डोर स्पोट्सको बलिङमा रवी विष्टले तीन ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । प्रकाश पाण्डेयले दुई, मुकेश विष्ट, नगेन्द्र उपाध्याय र दीपक टमटाले एकरएक विकेट लिए ।

बुधबारको पहिलो खेल आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमीका बीच तथा दोस्रो खेल जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोट्र्स ट्रेनिङ सेन्टरका बीच हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : १२ बजे

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको : अन्तरक्रिया स्वदेश फर्किन आग्रह

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत