एलपिएलमा घोडाघोडी र शुक्लाफाँटा विजयी « Khabarhub

एलपिएलमा घोडाघोडी र शुक्लाफाँटा विजयी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा घोडाघोडी क्रिकेट एकेडेमी विजयी भएको छ ।

घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई चार विकेटले पराजित गरेको हो । सुदूरपश्चिमाञ्चल एकेडेमीले दिएको एकसय ११ रनको विजयी लक्ष्य घोडाघोडीले १६ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । घोडाघोडीको ब्याटिङमा ओपनर विपिनविक्रम शाहीले सार्वाधिक ३१ रन बनाए ।

सञ्जय बोहराले २२, कृष कार्कीले २० रन बनाए । सञ्जय र कृषको अविजित ३२ रनको साझेदारीले घोडाघाडीलाई सफलता मिलेको हो ।

सुदूरपश्चिमाञ्चलको बलिङमा वीरेन्द्र चन्द र पारस सुनारले दुई÷दुई, सौर्य श्रेष्ठ र निसान रेग्मीले एक÷एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले १८ दशमलव पाँच ओभरमा एकसय १० रनमा सबै विकेट गुमाएको थियो ।

सुदूरपश्चिमाञ्चलका लागि आशिष लुहारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै सन्दीप विष्टले २७ र किरण कार्कीले १४ रन बनाए । घोडाघोडीका हरिश बस्नेतले चार विकेट लिए । उनले चार ओभर खेल्दै २२ रन खर्चिए । सञ्जय बोहराले तीन, कृष कार्कीले दुई र भूपेश जोशीले एक विकेट लिए । खेलको ‘म्यान अफ दि म्याच’ सञ्जय बोहरा घोषित भए ।

आजै भएको अर्को खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेशनले खप्तड इन्डोर स्पोट्र्स ट्रेनिङ सेन्टरलाई एकसय १२ रनको विशाल अन्तरले पराजित ग¥यो । शुक्लाफाँटाले दिएको एकसय ७७ रनको लक्ष पछ्याएको खप्तड इन्डोरले १५ दशमलव एक ओभरमा ६४ रनमात्र जोड्न सक्यो ।

खप्तडका लागि पुकार चन्दले १३, प्रकाश पाण्डेयले १२ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । खप्तडालाई सस्तैमा समेट्न शुक्लाफाँटाका कैलाश ऐर एक्लैले पाँच विकेट लिए । ‘प्लेयर अफ दि म्याच’ घोषित उनले तीन दशमलव एक ओभरमा १५ रन खर्चिए । सुशील रावल, भरत चन्द, वसन्त खत्री र सुरज तिरुवाले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एकसय ७६ रन बनायो । शुक्लाफाँटाका लागि ओपनर अशोक विष्टले सर्वाधिक ४२ रन बनाए । उनले छ चौका प्रहार गरे । किरान ठगुन्नाले ३५, वसन्त खत्रीले २३, लोकेश जोशीले २० रन बनाए । अप्तड इन्डोर स्पोट्सको बलिङमा रवी विष्टले तीन ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । प्रकाश पाण्डेयले दुई, मुकेश विष्ट, नगेन्द्र उपाध्याय र दीपक टमटाले एकरएक विकेट लिए ।

बुधबारको पहिलो खेल आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमीका बीच तथा दोस्रो खेल जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोट्र्स ट्रेनिङ सेन्टरका बीच हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : १२ बजे

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ