विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग पुनः आग्रह « Khabarhub

विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग पुनः आग्रह


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

मंगलबार परराष्ट्र मन्त्रालयमा कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भएको भेटवार्तामा मन्त्री साउदले विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

विद्रोही हमासले रिहा गर्न लागेका ५० जनाको समूहमा जोशीको पनि रिहाइका लागि पहल गरिदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरू भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। साथै उनले नेपाली विद्यार्थी जोशीसहित अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको जवाफ दिए।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुराकानी गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : २७ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी