पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ ।

पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनको भनाइ छ ।

हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सवका क्रममा पुरुष भलिबल प्रतियोगिता, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन् ।

महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ५८ बजे

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको