नेपालमा भेटिएनन् बीमा ‘ब्रोकर’, पुनर्बीमाको काम विदेशी दलालको हातमा | Khabarhub Khabarhub

नेपालमा भेटिएनन् बीमा ‘ब्रोकर’, पुनर्बीमाको काम विदेशी दलालको हातमा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय बीमा समितिले बीमा दलाल(ब्रोकर) राख्न पाउने स्पष्ट व्यवस्था बीमा ऐनमा गरिएको छ ।

गत वर्ष जारी गरेको बीमा नियमन निर्देशिकामा बीमा ब्रोकरले काम गर्ने कानुनी व्यवस्था छ । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति लिएका छैनन् ।

नेपालमा बीमासम्बन्धी काम गर्ने दलालको अभाव भएपछि सरकारले विगतदेखि विदेशी ब्रोकरलाई पुनर्बीमा गर्ने कानुनी मान्यता दिँदै आएको थियो ।

‘पूनर्बीमा दलाल’ भनेको बीमा कम्पनी र पूनर्बीमा कम्पनीबीच काम गर्ने कम्पनी हो । ब्रोकरले दुई पक्षबीच पूनर्बीमाका लागि पुलको काम गर्छ ।

बीमा ऐन २०४९ को दफा ३० मा दलाल दर्तासम्बन्धी व्यवस्था गरिएपनि दलालको काम गर्नका लागि दर्ता हुने गरि समितिमा कोही आएका छैनन् ।

ऐनमा दलालको काम गर्न इच्छुक व्यक्ति वा संस्थालाई जाँचबुझ गरेर इजाजत पत्र दिनसक्ने व्यवस्था छ । तर, दलालको काम गर्ने भनेर कसैले पनि विगतमा निवदेन दिएको छैन ।

बीमा समितिले गत आर्थिक वर्षमा जारी गरेको बीमा निर्देशिकामा दलाललाई पुनर्बीमासम्बम्धी व्यवस्था खुल्ला गरेको थियो । तर, हालसम्म पनि यो क्षेत्रमा काममा गर्छौं भनेर निवदेन नदिएको समितिले जनाएको छ ।

समितिले गत वर्ष जारी गरेको पूनर्बीमा व्यवसाय सम्बन्धि निर्देशिकामा दलाललाई पनि समेटेको समितिका निर्देशक राजुरमन पौडेलले बताए ।

‘पूनर्बीमा निर्देशिका जारी भै सकेको पनि छ । समितिले पुनर्बीमा दलालको व्यवस्था गरी काम गर्ने वातावरण पनि बनाएको छ’ उनले भने,‘तर, नेपालमा पुनर्बीमा सम्बन्धी काम गर्छु भनेर कोही पनि निवदेन दिन आएका छन् ।’

पौडेलले दलाल भन्ने शब्दले अप्ठयारो भयो हो कि भन्दै प्रश्न गरे । तर भारत लगायत देशमा ब्रोकर दलाल लाइसेन्स नै लिएर काम गर्ने कम्पनी खोलेर पुनर्बीमाको काम भइरहेको उनले बताए ।

उनका अनुसार पछिल्लो समय विदेशी दलाल कम्पनीहरुले नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीसँग गराउँन थालेपछि यसको लोकप्रियता पनि बढ्दै गएको छ ।

बीमा क्षेत्रमा काम गर्ने धेरै प्रकारका दलाल हुनेगरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले बताए । दलाल नै हुने भनेर काम गर्ने र तालिम लिन कसैले नरुचाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

उनले भने, ‘कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ’ उनले भने,‘दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुन्छन् । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ ।’

नेपालमा भने हालसम्म यस्तो खालको दलाल उत्पादन नभएको उनको भनाइ छ ।

करिब सात वर्ष अगाडि भारतीय पुनर्बीमा कम्पनी जेवी बोडाले पुनर्बीमा दलालको रुपमा काम गर्नका लागि भन्दै समितिमा निवदेन दिएको थियो । त्यतिबेला देखि नै नेपालमा भारतीय बीमा दलालहरु आउन शुरु गरेका थिए ।

विदेशी कम्पनीबाट ब्रोकर दलालको काम गराउँदै बीमा कम्पनी

नेपालका बीमा कम्पनीले विदेशी दलालबाट काम गराउँदै आएका छन् । नेपालमा बिमाका लागि महत्वपूर्ण मानिने एक्चुरी र दलालको काम विदेशीका भरमा हुँदै आएको छ ।

हाल बीमा क्षेत्रमा काम गर्ने ४० वटा कम्पनी छन् । यी सबै कम्पनीले पुनर्बीमाको काम भन्े अन्य देशका दलाल मार्फत गराउँदै आएका छन् ।
नेपाली कम्पनीहरुले जेवि बोडा (भारत), पाईनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय दलाल मार्फत पनि पुनर्बीमा गर्दै आएका छन् ।

त्यस्तै, नेपालका निर्जीवन बीमा कम्पनीहरुले स्वीस रि (स्वीजरल्याण्ड), जेवि बोडा पुनर्बीमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरुसँग पुनर्बीमा गराउँदै आएका छन् ।

के हो पुनर्बीमा ?

पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय हो ।

बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ ।

सामान्यतया पुनर्बीमा कम्पनीहरुले सोझै ग्राहकबाट बीमा स्वीकार नगरी बीमा कम्पनीहरुबाट बीमा स्वीकार गर्दछन् ।

यस्तो बीमा संसारभरि सञ्जालको रुपमा फैलिएर रहेको हुन्छ, यसरी एक बीमा कम्पनीबाट अर्को पुनर्बीमा कम्पनीमा सोझै कम्पनी–कम्पनी एक आपसमा पुनर्बीमा गर्न पनि सक्दछन् भने दुवै कम्पनीहरुको बीचमा ब्रोकरको सहयोगबाट पनि पुनर्बीमा गर्न सक्दछन् । सामान्यतयाः बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीहरुसँग बीमा गर्दा मध्यस्थकर्ता दलालको सहयोगमा बीमा गर्दा बढी सुरक्षित हुने गर्दछ ।

पुनर्बीमा भित्र बीमासम्बन्धी योजनासँग आगामी वर्षका लागि महत्वपूर्ण कार्यक्रम ल्याउने विषयलाई समेटने गरिन्छ ।

पुनर्बीमाभित्र विपक्ती, ठुलो जोखिमको बीमा, ठुला निर्माणधिन आयोजनाको बीमा, स्वास्थ्य, बिमाकर्ताका लागि नयाँ योजनासहितको कार्यक्रमलाई समेट्ने गरेको छ ।

नेपालका बिमा कम्पनी पुनर्बीमाको काम भने विदेशी कम्पनीमार्फत गराउदै आएको छ । नेपाल सरकारले आकस्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा परिणत गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : २१ बजे

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको

‘म ०७४ मै उठेको भए बालेन्द्र आउने थिएनन्’

काठमाडौं- देशमा संविधान दिवसको उत्सव चलिरहँदा यो साता केही चिरपरिचित

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु