‘एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक र रहस्यमय’ « Khabarhub

‘एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक र रहस्यमय’


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताएका छन् । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उनले बताएका छन्  ।

प्रवक्ता सापकोटाले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि समय समयमा समीक्षा गर्नुपर्ने जिकिर गरे । उनले जनतालाई भ्रममा पारेर व्यवस्थाबिरुद्धको आन्दोलन सफल हुन नसक्ने दावी गरे । 

उनले वर्तमान सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको जिकिर गरे ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ५१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण