बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो « Khabarhub

बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

रोम- चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार परियोजनाबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।

इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’ का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।

इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, “रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।’’

गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताएकी थिइन् ।

आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भनेका थिए, “सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।”

इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो ।

तर, रोमले बेइजिङलाई उक्साउने र इटालियाली कम्पनीहरूविरुद्ध प्रतिशोधको जोखिम मोल्न सचेत रहँदै आएको छ ।

मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुलुकले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएकी थिइन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ४३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट