व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक « Khabarhub

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने निर्देशकहरू औँलामा गन्न सकिने छन् । अहिलेसम्म चार फिल्मले मात्रै यो सफलता हात पारेका छन् ।

यो सफलता हात पार्ने निर्देशकलाई व्यावसायिक रुपमा सफल मानिन्छ । निर्देशनमा राम्रो दख्खल नभइ यो सफलता हात पार्न असम्भव जस्तै छ ।

तर, निर्देशक राजकुमार हिरानीका कुनै पनि फिल्मले यो सफलता पाएका छैनन् । यद्यपि उनको कुनै फिल्म फ्लप भएका छैनन् । हिरानी यस्ता निर्देशक हुन्– जसलाई दर्शक र आलोचक दुवैले सफल मानेका छन् ।

हिरानीले सन्देशमूलक फिल्म ल्याउने भएर पनि निर्देशनमा उनको माग राम्रो छ ।

व्यवसायिक रुपमा सफल चार निर्देशक 

एसएस राजामौली
पहिलो पटक फिल्मलाई पाँच सय करोड क्लबमा प्रवेश गराउने निर्देशक हुन्– एसएस राजामौली । उनको निर्देशनमा रहेको बाहुबलीले यो सफलता हासिल गरेको थियो । यस फिल्ममा प्रभाव र अनुष्का शेट्टीको मुख्य भूमिका रहेको थियो । 

सिद्धार्थ आनन्द
पठान फिल्मका निर्देश सिद्धार्थ आनन्दले पनि यो सफलताको स्वाद लिन पाएका छन् । शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म पठानले यो रेकर्ड राखेको थियो । 

अनिल शर्मा
शन्नी देवलको मुख्य भूमिका गरेको गदर–२ को निर्देशन अनिल शर्माले गरेका हुन् । गदर–२ ले २४ दिन लगाएर यो सफलता हासिल गरेको थियो । 

अट्ली कुमार
सबैभन्दा कम १३ दिनमा आफ्नो फिल्मलाई पाँच सय करोड क्लब प्रवेश गराउने निर्देशक अट्ली कुमार हुन् । शाहरुख खानको जवानबाट उनले यो सफलता प्राप्त गरेका हुन् । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ६ : ४५ बजे

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने