उच्च अदालत पोखराका तीन न्याधीशमाथि छानबिन गर्न मल्लको अध्यक्षतामा समिति गठन « Khabarhub

उच्च अदालत पोखराका तीन न्याधीशमाथि छानबिन गर्न मल्लको अध्यक्षतामा समिति गठन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतमा समिति गठन गरेको छ ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले गोर्खा ब्रुअरीको अन्तशुल्क निर्धारण सम्बन्धी मुद्दामा आदेश अधिकार क्षेत्र मिचेर आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि छानबिन गर्न आदेश दिएको थियो ।

३ नम्बर प्रदेशको आन्तरिक राजश्व कार्यालय भरतपुरको निर्णयलाई प्रादेशीक क्षेत्राधिकार मिचेर गण्डकी प्रदेश अन्तर्गतको उच्च अदालत पोखराले सुनुवाइ गरेको भन्दै प्रधानन्यायाधीश राणाको इजलासले तीन जना न्यायाधीशमाथि छानबिन गर्न न्यायपरिषदलाई लेखी पठाउन आदेश गरेको थियो ।

बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले उच्च अदालत पोखराले गरेको निर्णय कार्यान्वयन नगर्न र निर्णय गर्नुको कारणसमेत पेश गर्न समेत आदेश दिएको थियो ।

गोर्खा ब्रुअरीलाई ८८ करोड ८१ लाखभन्दा बढि अन्तशुल्क निर्धारण गरेको भन्दै त्यसविरुद्ध ब्रुअरीले कार्यालयको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

रिटमाथि सुनुवाई गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपनि आदेशविरुद्ध राजश्व कार्यालय भरतपुरले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पोखरा उच्च अदालतको आदेश बदर गर्दै न्यायाधीशलाई समेत छानबिन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ५७ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको