अर्थतन्त्र सुधार गर्न नयाँ घोषण गर्ने तयारी गरिरहेको छु : प्रधानमन्त्री  « Khabarhub

अर्थतन्त्र सुधार गर्न नयाँ घोषण गर्ने तयारी गरिरहेको छु : प्रधानमन्त्री 


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषण गर्ने तयारी गरिरहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गरिरहेको भन्दै सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन वृहत अन्तरक्रिया समेत गरेको बताए । 

उनले तथ्याङ्कमा हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति रहेको बताए । प्रधानमन्त्री प्रचण्डले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभइ सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दो बल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा हुने वृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार राष्ट्रिय व्यावसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  २ : ०८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी