एनसेल प्रकरणबारे उच्चस्तरीय संसदीय छानविनको माग  « Khabarhub

एनसेल प्रकरणबारे उच्चस्तरीय संसदीय छानविनको माग 


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेल प्रकरणको उच्चस्तरीय संसदीय छानविन गर्न माग गरेको छ ।

बिहीबार सिंहदरबारमा सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै अखिलले एनसेलको गतिविधि देशहित विपरित रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गत उच्चस्तरीय संसदीय छानविन समिति वा विशेष समितिमार्फत छानविन गरि सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग गरेको हो ।

अखिलले एनसेल शेयर खरिद बिक्री प्रकरण आफैमा अपारदर्शी तथा अविश्वसनीय रहेको, पूँजीगत लाभ कर छली तथा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरणमा आलटाल गर्न उद्देश्य राखेको जनाएको छ ।

अखिलको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले एनसेलका विषयमा बाहिर आएका बिषय हेर्दा छानविन गर्नुपर्ने आवश्यकता देखिएको बताए । संसदीय समितिहरूले पनि यस विषयमा चासो दिइरहेको र यसमा देखिएको विवादलाई निष्कर्षमा पुर्याउनुपर्ने माग सकारात्मक नै रहेको उनले बताएका छन् ।

उनले एनसेलको भौतिक क्षति नपुराउने गरि दबावका कार्यक्रम गर्न सुझाव दिए । अखिलले यस विषयमा सत्यतथ्य छानविनका लागि सरकारलाई दवाव सिर्जना गर्न विरोध लगायतका कार्यक्रमलाई निरन्तरता दिने कार्यवाहक अध्यक्ष गोविन्द गिरीले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ३ : ४४ बजे

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती