अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने अभियुक्त पक्राउ « Khabarhub

अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने अभियुक्त पक्राउ


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन– अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १०ः०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जानकारीमा आएको छ । 

मंगलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए ।  

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ५ : ०३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी