जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने बताएका छन् । प्रदेशको पर्यटन, वन तथा वातावरण  मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जंगल र  जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले चाँडै मुख्यमन्त्री डेक्समार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्बन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मूल्यांकन गरिने जानकारी दिएका छन् ।

उनले मानवीय विकासबाट भौतिक विकास हुने भएकाले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताएका छन् ।

जनताको बलिदानबाट ल्याएको सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासनसहित समिृद्धमा लाग्न उनले कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले इमानदारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्वयनमा सहयोग पुग्ने बताए। सम्झौता भएका योजनालाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रदेश सरकारले पहाड तथा तराईका किसानको बाली जोगाउन बाँदर बिक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्नुपर्ने सुझाव दिएका छन् ।

मन्त्रालयका सचिव विशाल घिमिरे र वन निर्देशनालयका निमित्त निर्देशक धनन्जय लामिछानेले विदेशी काठ आयातलाई निरुत्साहित गरी राजस्व वृद्धि गर्न वनसम्बन्धी आवश्यक ऐन, कानुन र नियम संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : ०१ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर