माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन सम्पन्न « Khabarhub

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन सम्पन्न


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन सम्पन्न भएको छ ।  बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उद्घाटन गरेका हुन् । 

 काठमाडौँको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा शुभारम्भ गरेको हो ।उक्त कार्यक्रममा बोल्दै अध्यक्ष हमालले धितोपत्र बजारको विकास र बिस्तार को लागी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : ५१ बजे

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको