पण्डित कमेडियन, जो आफैँलाई सिस्नो हान्न हौसिन्छन् | Khabarhub Khabarhub

पण्डित कमेडियन, जो आफैँलाई सिस्नो हान्न हौसिन्छन्


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदुर खनाल कमेडीमा उदीयमान प्रतिभा हुन् । कमेडीसँगै पण्डित्याइँ पेसाले उनलाई हातमुख जोर्ने मामलालाई सहज बनाएको छ । त्यसैले त उनले पस्कने व्यंग्यका कतिपय सामग्री धार्मिक व्यङ्ग्य मिश्रित हुने गरेका छन् । विदुरको रोचक पक्ष भनेकै उनी स्टेजमा आफैँलाई ‘रोस्ट’ गर्छन् । अर्थात् पण्डित पेसामा भेटिने विसंगतिलाई सिस्नो लगाउँछन् ।

सम्भवतः उनी नै संस्कृत गुरुकुल, देवघाटको पहिलो उत्पादन हुन्, जो कमेडियन बने । उनले अहिले पण्डित पेसा र कमेडीलाई सँगै अगाडि बढाइरहेका छन् । उनले गुरुकुलका उत्पादनहरूकामा देखिने परम्परागत विरासत भत्काउने आँट गरेका छन् ।

दीक्षा गुरुकुल, शोख कमेडी
‘गुरुकुलमा टुप्पी बाँधेर वेद पढाइन्छ ।’ आम मानिसको बुझाइ त्यही छ । तर गुरुकुलबाटै विदुरको कमेडी यात्रा सुरु भएको हो ।

विदुर भन्छन्, ‘गुरुकुलमा अन्य क्रियाकलाप पनि नियमित हुन्छ । कमेडीबाहेक म विभिन्न खेल पनि खेल्छु । म मेरो घर तिर राम्रो फुटबल र टेबल टेनिस खेल्नेमा गनिन्छु, त्यो गुरुकुलकै प्रभाव हो ।’

गुरुकुलमा साप्ताहिक हुने कार्यक्रमबाट मञ्चमा उक्लिएका उनी अहिले राम्रै पकड जमाउन सकेका स्टान्डअप कमेडियनमा गनिन्छन् । हास्य कविताबाट कमेडी सुरु गरेका उनी पहिलो पटकको स्टेज पर्फमबारे स्मरण गर्छन्, ‘असारको एक महिना बिदाअघि कार्यक्रम भएको थियो । म गुरुकुलको सबैभन्दा होचो थिएँ, तर सबैभन्दा अग्लो दाइको लुगा लगाएर स्टेज चढेर र्‍याप हानेको थिएँ, कमेडी शैलीमा । अनि राष्ट्रिय गानको प्यारोडी गाएको थिएँ ।’

उनी आफूलाई पढाइमा भने कमजोर ठान्छन् । कविता प्रतियोगितामा भने उनी स्कुलबाहिरका प्रतियोगितामा समेत सहभागी भएको स्मरण गर्छन् । उनी भन्छन्, ‘गुरुकुलमा त मैले भाग नलिएको कुनै कार्यक्रम छैन होला । आठमा पढ्दा सिनर्जी एफएमको कविता प्रतियोगितामा तेस्रो भएको थिएँ ।’

स्कुले किस्सा
गुरुकुलमा पढे पनि विदुर आफूलाई कमजोर विद्यार्थीका रुपमा लिन्छन् । उनी भन्छन्, ‘म गणितमा पास भएको भनेको चाहिँ एसएलसीमा हो । त्यसपछि कहिल्यै पढ्नु नपरोस् भनेर मैले गंगामा गणित किताब सेलाएँ ।’

कक्षा ११ पुगेपछि गुरुकुलमा मोबाइल बोक्न पाइन्छ । होस्टलमा रहँदा मोबाइल पाएपछि धेरै ठाउँ प्रयांक कल गरेर सताएको उनी स्मरण गर्छन् ।

उनी किस्सा सुनाउँछन्– ‘अर्को रुमको साथीलाई फोन गरेर गुरु मेरोमा श्राद्ध गर्न आउनुपर्‍यो भनेँ । साथी लुगा लगाएर, किताब बोकेर श्राद्ध पढ्न निस्किन लाग्यो । गेटमा पुगेपछि फर्काएँ ।’

यस्तै रमाइलो वातावरणले गर्दा आफूलाई अहिले कन्टेन्ट लेख्न सहज भएको उनी बताउँछन् । उनी कमेडी रियालिटी शो कमेडी च्याम्पेनका ‘टप सेभेन’ पुगेका प्रतिस्पर्धी पनि हुन् ।

नेप ग्याजमाको यात्रा
पूजाका दौरान डोरेस खतिवडासँग पशुपतिमा भेट भएपछि विदुरलाई कमेडीमा प्रवेश गर्न अझ सहज भयो । जति बेला डोरेसको ‘तरिका हो’ भिडियो भाइरल भएको थियो ।

डोरेससँगको भेटबारे उनी सुनाउँछन्, ‘पूजामा डोरेसको अगाडि एउटाले तँ पनि हँसाउँछस् दाइहरूसँग जा न भन्यो । डोरेसले जान्छौ त भाइ भनेर सोध्नुभयो ।’

ओपन माइकमा ‘पण्डित’ बारेको कन्टेन्ट राम्रो भएपछि उनलाई नेपग्याजमका लागि सुटको मौका पाए । स्ट्यान्डअपबाट कमेडीबाट चर्चा कमाइसकेका लेकमणिलाई भेटर कन्टेन्ट सुनाएपछि भने उनले नेपग्याजमका सुट मौका पाए ।

नेपग्याजमबाट सार्वजनिक भएको पहिलो भिडियोमा ‘पण्डित’बारे मै थियो । त्यो भिडियो क्लिप भाइरल बने । ती थिए–
‘पण्डितको घरमा जन्मिएर होला सजाय पनि धार्मिक–धार्मिक पाउने । शिवजीको त्रिशुलले घोप्ने, अगरबत्तीले पोलिदिने, कानमा आएर शंख फुक्ने ।’

‘पण्डितको प्रेम कहानी पनि फरक हुन्छ । अरुहरुको गिफ्ट महँगो फरफिम, हिराको औँठी । हामी बाहुनहरुको गिफ्ट कुशको औँठी र कपुर हुन्छ ।’

उनी त्यसबेलाको स्मरण गर्छन्, त्यसबेला मैले टिकटक नै चलाएको थिइनँ । यो भाइरल भएपछि मलाई अरुले ‘चला’ भनेर खाता खोलेँ ।’

दुवै हातमा लड्डु
विदुरका प्रायः केन्टेन्ट ‘पण्डित’सँग सम्बन्धित हुन्छ । आफैँ पण्डित भएकाले पूजाका क्रममा देखिने रमाइला किस्सा जोड्न परागत भइहाले । उनी एउटा भिडियो पन्च स्मरण गर्छन्– ‘सानैदेखि सादा टिभी हेरे पनि हामी पण्डितले घरमा चामल चाहिँ रङ्गीन खाएका हुन्छौं ।’

यसबारे पण्डितका छोरा–छोरी, नाति–नातिनीले हाम्रो घरमा पनि पूजा रङ मिसिएका चामल आउँछन् भनेर म्यासेज गरेका उनी बताउँछन् ।

कमेडीमा लागेर चर्चित बनेपछि थप ठाउँबाट पनि पूजाका लागि निम्तो आउने गरेको उनी बताउँछन् । भिडियो भाइरल भएको क्षण उनी स्मरण गर्छन्, ‘जजमानमा जाँदा त्यसबेला निकैले सेल्फी खिचे ।’

कमेडीमा युवा पुस्ता
लकडाउन पछिसम्म निकै फस्टाएको ‘स्डान्डअप’ कमेडी अहिले सुस्त देखिएको छ । नेपग्याजमका चर्चित कमेडियन लोकमणि पनि विदेश पलायन भइसकेका छन् ।

विदुर भन्छन्, ‘यसैमा लागेर मात्रै भविष्य चाहिँ मैले देखेको छैन ।’ अपूर्वसिंह क्षितिज र लेकमणि तिर्ताल कमेडीबाट टाढिनुले पनि यही कुराको संकेत गर्छ ।

विदुर थप्छन्, ‘रेस्टुराँमा शो गर्न अफर आउँछ । कमेडी भनेको शान्त ठाउँमा हेर्ने कुरा हो । रेस्टुराँमा पेय पदार्थ खाइरहेका हुन्छन् । दर्शकलाई नै झुक्किएर रोस्ट हानियो भने माहोल बिग्रन सक्छ ।’

कमेडीका लागि उपयुक्त मञ्चको सुविधा नहुनु नै यसमा लागेका युवा पुस्ता पलायनको मुख्य कारण हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २० बजे

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

सुन्दरबजार– सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक

गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु

लखनउ- भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह

१३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेको छ

काठमाडौंको ‘शान्तिधाम’ मा आन्तरिक र बाह्य पर्यटक बढ्दै

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य