फारवेष्ट पशुपति कप सर्‍यो « Khabarhub

फारवेष्ट पशुपति कप सर्‍यो


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी – छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो।

क्लबले आज एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ। क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ४५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको