बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन | Khabarhub Khabarhub

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी चोरी गरेर उपभोग गरेको पाइएको छ । बर्दिवास साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निरीक्षण गर्ने क्रममा वर्षौ चोरी गरेर उद्योग नै सञ्चालन गरेको भेटिएको हो ।

बर्ष देखि टायल उद्योगमा एक व्यापारीले खानेपानी चोरी गरेर उद्योग सञ्चालन गरेको र अन्य धेरै चोरीका घटनाहरू फेला पारेको उपभोक्ता समितिले जनाएको छ ।

‘त्यस्ता धाराहरूको खोजी गरेर काट्दै चोरी गर्नेहरूलाई कारवाही प्रक्रिया अगाडि बढाएका छौ,’ समितिका कोषाध्यक्ष भोजराज फुँयालले भने ।
पानीको महसुल लामो समयदेखि नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरूको धारा पनि काटिएको छ भने यो बिचमा ३० लाख बक्यौता उठाइएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, व्यक्ति तथा उद्योगहरूले खानेपानी संस्थानलाई २ करोड १५ लाख बक्यौता बुझाउन बाँकी छ । संस्थानले पटक-पटक उक्त बक्यौताको विषयमा ताकेता गर्दा पनि अटेर गरेपछि धारा नै काट्ने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरू काटिएको छ भने काट्ने क्रम जारी रहेको छ । काटेपछी केही संस्था तथा व्यक्तिहरूले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसीमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुँयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न.१, वडा न.२ र वडा न.१४ का  बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ ।

यो बीचमा पानीको समस्या बढ्न थालेपछि  उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका विषयहरूलाई निगरानी बढाएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न