त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंसरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन फेला परेको छ । सुनसहित दुई व्यक्तिसमेत समातिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


उनले छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका अर्का व्यक्ति मीनबहादुर घलेको भएको बताएका थिए ।

युएईबाट फ्लाइ दुबईको एफजेड–५७३ विमानमा काठमाडौं आएका ४५ वर्षीय घले गोरखा निवासी हुन् । उनले छातीमा कपडाले बेरेर सुनका सातवटा बिस्कुट लुकाएका थिए ।

छातीमा लुकाइएको एउटा बिस्कुट दुई किलोको थियो ।  विमान राति ११ बजेर ५५ मिनेटमा काठमाडौं ओर्लिएको थियो । भन्सारका कर्मचारी र सुरक्षाकर्मीले कपडा खोल्न लगाएर घलेको शरीरबाट सुन निकालेका थिए ।

सुन ल्याउन लगाउने व्यक्ति मीनबहादुर घले भएको खुलेको छ । उनलाई पनि प्रहरीले समातिसकेको छ । भरिया बनेका चन्द्र घलेको वयानका आधारमा मीन समातिएका हुन् ।

 

फाइल तस्वीर

पछिल्लो समय नेपालमा सुनको तस्करी रोकिन सकेको छैन । गत साउनमा मोटरसाइकलको पार्टस्मा लुकाएर ल्याइएको ६० किलो सुनसम्बन्धी मुद्दा अहिले अदालतमा चलिरहेको छ ।

यसअघि माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलसमेत मुछिएको विद्युतीय चुरोटमा लुकाएर ल्याइएको ९ किलो सुनको मुद्दा पनि चलिरहेकै छ ।

त्यस्तै, दशैंअघि चिनियाँ नाकाबाट भित्रिएको सुनसहित दोलखाबाट पनि केही व्यक्ति समातिएका थिए ।

गत मंगलबार मात्रै प्रहरीले न्युरोडबाट झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

सरकारले सुन तस्करी नियन्त्रण गरेको दाबी गरिरहेका बेला भएका यस्ता तस्करीका घटनाले नेपालमा सुनको अवैध कारोबार बढ्नुको साटो झनै बढिरहेको प्रष्ट भएको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ५४ बजे

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

बर्लिन – जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान