एमालेको संकल्प यात्रा पोखरामा « Khabarhub

एमालेको संकल्प यात्रा पोखरामा


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कास्की– नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज पोखरा आइपुगेको छ । 

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको मालिकमा माल्यार्पण गरेर सो अभियानको पोखरामा सुरु गरेका हुन् ।

यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । 

अमरसिंहचोकमा गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरे । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू संकल्प यात्रामा रहेका छन् । 

पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष ओलीसहितको संकल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो । 

सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका थिए । उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : २६ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख