हराउँदै छन् काठका ठेकी | Khabarhub Khabarhub

हराउँदै छन् काठका ठेकी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् ।  

उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डाेहोर्‍याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले  काठका ठेकी बनाउँछन् । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन् धनबहादुर।     

दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उनी भन्छन् ,  ‘मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।’ पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउँ चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । ‘हाम्रो पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो । ‘

‘हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।’

काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उनका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ । काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने बनाउन सकिन्छ ।

परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागतरूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुँदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे  तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका–१३ का ओमकार अधिकारीले बताए । 

ठेकी व्यवसायी विश्वकर्मा भने, ‘अहिले सामुदायिक वनमा काठ काट्न पाइँदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुख पनि मासिँदै गए । पहिला पहिला काठबाट बनेका ठेकीको माग अत्यधिक हुन्थ्यो । अहिले गाउँघरमा भैँसीगाई पाल्नै छाडे । कसैले पालिहाले भने पनि दूध सिधै डेरीमा बिक्री गर्न थाले’, दही जमाउने माटका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पनि  यो पुस्तौँदेखि गर्दै आएको पेसा लोप हुन लागेको हो ।

काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको  जस्तो नहुने अर्का स्थानीयवासी माइकल चौहान बताउँछन् ।  

अर्का स्थानीयवासी माधव कार्की भन्छन्, ‘अहिले बजारमा जताततै प्लास्टिक, स्टिल र सिलाबरका सामान निस्किए तर पनि ती प्लास्टिक, सिलावर र स्टिलबाट बनेका भाँडामा राखेको दूध बिग्रने गरेको छ । काठबाट बनेको ठेकीजस्तो बजारमा पाइने आल्मुनियमका ठेकी हुँदैनन् । त्यतिमात्र होइन यस्ता भाँडामा जमाएको दूधबाट बनेका परिकारसमेत मानव स्वास्थ्यको लागि गुणकारी हुँदैन  ।

विशेषगरी दलित समुदायको बिक र सार्की जातिले मात्र अपनाएको यो पेसा सङ्कटमा पर्दै जाँदा उनीहरूको रोजीरोटी पनि खोसिँदै गइरहेको छ । सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताए।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : २१ बजे

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’

सरकारको ध्यान सत्ता जोगाउने र पद बाँड्नेमा भएकाले  समर्थन फिर्ता लियौँ : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई

अवहेलना प्रतिवेदनमा विशेषको आदेश – समाचार नहटाउनू, फौजदारी विविध दायरीमा दर्ता गर्नू

काठमाडौँ – अदालतको अवहेलना भएको भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रारम्भिक

रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल