प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना « Khabarhub

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउन जरुरी भएको बताएकी छिन् ।

कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रसाद कार्यक्रम’ मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

“कानुनी रुपमा व्यवस्था गरिएको सिटमा पनि महिलालाई समानुपातिकमा राखिन्छ, त्यसले महिलाको क्षमता र नेतृत्व विकासमा सहयोग गरेको छैन”, उपसभामुख रानाले भनिन्, “महिलालाई प्रत्यक्षमा निर्वाचनमा उठेर जित्ने वातावरण बनाउन जरुरी छ, त्यो काम राज्यले गर्नुपर्छ ।”

अहिले पनि मुलुकमा लैङ्गिक हिंसा अन्त्य हुन नसकेको उल्लेख गर्दै उनले बाल्यअवस्थादेखि नै छोराछोरीलाई समान तरिकाले हुर्काउने र विद्यालय, घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले परिषद्को गत वर्षको बालबालिकाको राष्ट्रिय स्थिति प्रतिवेदनमा दुई हजार एक सय बालिकामाथि हिंसा भएको देखिएको जानकारी दिँदै बालिकामाथि हिंसाको दर क्रमशः कम हुँदै गए पनि सोचेअनुरुप काम हुन नसकेको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : १६ बजे

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा