सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख घिमिरे « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख घिमिरे


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा १५ औं मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक दल र नेताहरुले आफ्नो दायित्वलाई बुझ्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनलाई बिर्सिएर पीडितले शान्ति महसुस गर्नेगरी समाधान खोज्नका लागि आवश्यक कानुनले पूर्णता पाउन बाँकी रहेको उनले बताए ।

सभामुख घिमिरेले १८ वर्षअघि शान्ति प्रक्रियामा हस्ताक्षर भएर समाज अघि बढेपनि विविध कारणले आधारभूत रुपमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम अधुरो नै रहेको धारणा राखे । उनले संसद्को आगामी अधिवेशनमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे ।

उनले असहमतिका रुपमा रहेका पक्षलाई सहमतिमा ल्याउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन आफूले पनि छलफल गरिरहेको जानकारी दिए । कार्यक्रममा मानव अधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ३० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक