खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न « Khabarhub

खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएनडीपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गरेको खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एपीएफ रङ्गशालामा सम्पन्न प्रतियोगितामा ९२ जना सहभागी थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने  अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट १० जनालाई प्रमुख अतिथी यूएनडीपीकी आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगतिामा विभिन्न विद्यालयका छात्रछात्राहरुको उपस्थिती हुनुको साथै प्रतियोगीहरुले लैङ्गिक समानता, समता र महिला सशक्तीकरणसम्बन्धी चित्रकला प्रस्तुत गरेका थिए ।

निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आईरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघि सार्दै प्रतियोगितको आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकाली र दक्षिण कोरियाली राजदूतावासका प्रतिनिधीलगायत संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २६ बजे

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय