यस्तो छ रुखकटहर खानुका फाइदा | Khabarhub Khabarhub

यस्तो छ रुखकटहर खानुका फाइदा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले रुख कटहर र भुइ कटहरको पाक्ने बेला हो । यसको स्वाद र वास्ना निकै मिठासपूर्ण हुन्छ । कटहर मिठोमात्र होइन स्वास्थ्यका हिसावले पनि निकै फाइदाजनक हुन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

कहटरमा मात्र ०.६ ग्राम चिल्लो पदार्थ र ९५ क्यालोरी हुन्छ । यसमा ४ सय ४८ मिलिग्राम पोटासियम, २३ ग्राम कार्बोहाइड्रेड, १.५ ग्राम फाइबर, प्रोटिन १.७ ग्राम, भिटामिन बी १२ ग्राम र बी ६ र म्याग्नेसियम पाइन्छ ।

– तौल घटाउनः कटहरमा स्याचुरेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले तपाईको शरिरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

– हाडका लागि फाइदाजनकः कटहरमा हुने पोटासियम, क्याल्सियम तथा अन्य पौष्टिक तत्वले शरिरको हाडलाई मजबुत बनाउन सहयोग गर्छ । उमेर बढ्दै जाँदा हाडमा देखिने समस्याबाट बचाउन समेत कटहरले मद्धत गर्छ ।

– संक्रमणबाट जोगिनः यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइने हुनाले शरिरमा हुने सक्रमणबाट बच्न र जुकाको समस्याबाट बच्न मद्धत गर्छ । इाइटमा एक कचौरा कटहरले तपाईको शरिरलाई चाहिने मात्रामा एन्टिअक्सिडेन्ट दिने गर्छ ।

– मधुमेहको सन्तुलनः उच्च मधुमेहका बिमारीका लागि कटहरको सेवन निकै फाइदाजनक हुन्छ । यसमा हुने रसायनले मधुमेहको मात्रालाई नियन्त्रण गर्नका लागि मद्धत गर्छ ।

– थाइराइडबाट बचाउः यसमा हुने कपरको मात्राले शरिरको मेटाबोलिज्मलाई ठिक गर्छ र हर्मोनलाई सन्तुलित गर्छ । यसकारण थाइराइडको बिरामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ ।

– पाचन प्रणालीका लागिः कटहरमा हुने फाइबरले शरिरको पाचन प्रणालीलाई सन्तुलित राख्न मद्धत गर्छ । कब्जियतको समस्याबाट बचाउन समेत यसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

– आँखाका लागि फाइदाजनकः कटहरमा गाँजरमा जस्तै, भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । यसको प्रयोगले आँखाको ज्योति बढाउन र रतन्धोबाट जोगाउन मद्धत गर्छ ।

– उच्च रक्तचाप नियन्त्रणः एक कप कटहरमा यति धेरै पोटासियम हुन्छ कि यसले सोडियमको मात्रालाई घटाउन मद्धत गर्छ । यस्तै, यसले शरिमा रगतको प्रवाहलाई सुचारू राख्नका लागि मद्धत गर्छ । रक्त चापका बिमारीका लागि यो निकै फाइदाजनक हुन्छ ।

– शक्तिका लागिः कटहरमा फाइने आइरन तथा अन्य पोषक तत्वले एनिमियाबाट मुक्त गर्न मद्धत गर्छ भने शरिरमा शक्ति दिन समेत निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०५ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस