नेपाली र भारतीय सेना सम्मिलित संयुक्त अभ्यास सम्पन्न « Khabarhub

नेपाली र भारतीय सेना सम्मिलित संयुक्त अभ्यास सम्पन्न


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर  ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए ।

अभ्यास समापनपश्चात् आज नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ३५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष