आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी « Khabarhub

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्त्वपूर्ण चरण’ मा रहेको बताएका छन् । चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ ।

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रशिततको लक्ष्यभन्दा थोरै कम हो । साथै यो वृद्धि वर्षौंमा सबैभन्दा कम हो ।

‘अहिले मुलुकको आर्थिक सुधार अझै पनि महत्त्वपूर्ण चरणमा छ’, सिसिटिभीका अनुसार मुलुकको शीर्ष निर्णय लिने संस्था चीनको कम्युनिस्ट पार्टी पोलिटब्युरोको बैठकमा राष्ट्रपति सीले भने । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारकहरूसँगै मुलुकले सामना गर्नुपरेको विकास अवस्था जटिल छ ।’

उनले आधुनिक औद्योगिक प्रणालीको निर्माणमा तीव्रता ल्याउन, घरेलु मागको विस्तार गर्न र जोखिमलाई रोक्न तथा कम गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याए । उनले प्रमुख विज्ञान तथा प्रविधि क्षेत्रमा ‘आत्मनिर्भरता’ लाई प्रवर्द्धन गर्न र ‘एउटा नयाँ विकास खाकाको निर्माणमा तीव्रता ल्याउने’ आवश्यकतामा पनि जोड दिए ।

अधिकारीहरूले सन् २०२२ को अन्त्यमा कठोर रोकथामका उपायहरू हटाएपछि कोभिड महामारीको प्रभावबाट पार पाउन सङ्घर्ष गरेका छन् । अधिकारीहरूले नोभेम्बरमा निर्यात सात महिनामा पहिलोपटक बढेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ५३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार