एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव « Khabarhub

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे सत्यतथ्य विवरण सर्वाजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको भन्दै सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष यादवले एनसेलको कर छलीका बिषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि देखिएको तर्क गरे । यस प्रकरणमा आवश्यक छानबिन हुनुपर्ने उनको भनाई छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ भएको दाबी गरे । उनले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्न सक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिए ।

अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

 

यो पनि…

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : १२ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज