साताका १३ तस्बिर « Khabarhub

साताका १३ तस्बिर


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर तस्बिर विशेष देखिए । खुलेको मौसमसँगै देखिएका दृश्य, विकास निर्माणसँगै बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाका तस्बिर सबैभन्दा बढी चर्चामा रहे । सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा पानसराले बाटोमै छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमा सबैभन्दा बढी शेयर भएको थियो । यो साताका केही तस्बिरः

बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरीलाई जन्म दिएको तस्बिर । तस्बिरः प्रेम रौले

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२ स्थित बनहरा नदीमा ट्रयाक्टरको सहायता उखुले भरिएको ट्रली तारिँदै । पुलको अभावमा यस क्षेत्रका किसानले सामान ओसार पसारमा सास्ती खेप्नु परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा पदमार्गमा लगाएको ट्रस्ट र पृष्ठभूमिमा देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । तस्बिरः दिलकुमार लिम्बू
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य। तस्बिरः कमल खत्री
हिमाली जिल्ला मनाङमा अनावृष्टि पछि मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएको नासों गाउँपालिका–९ दानाक्युको बस्ती । तस्बिरः नवीन लामिछाने
जुम्लाको सिंजा गाउँपालिका–३ स्थित नराकोट गाउँ । तस्बिरः विजय रावत
हिउँले ढाकेको माथिल्लो मनाङ । तस्बिरः नवीन लामिछाने
गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित ठूलो पोखरीबाट देखिएको मनोरम हिमशृङ्खलासहितको अमला भन्ज्याङ्ग गाउँ । तस्बिर: दीपक श्रेष्ठ
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक फराकिलो बनाउन भित्ता काटिदै । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत सडक साँघुरो भएको ठाउँमा भित्ता काटेर फराकिलो बनाउने काम भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने
ताप्लेजुङको पाथीभरा जाने पदमार्गमा पर्ने काफ्ले पाटी र ठूलो फेदी क्षेत्र । काफ्ले पाटीसम्म यातायातका साधन सञ्चालन हुन्छ यहाँदेखि पाँच किलोमिटर हिंडेपछि पाथीभरा पुगिन्छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्री यस क्षेत्रमा बास बस्ने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू
यू–१९ एसिया कप खेल्ने आठ राष्ट्रका कप्तान र एसिया कप । तस्बिरः क्यान
चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ मा पर्ने निर्माणाधीन खहरे खोला पुलमा काम गर्दै श्रमिक । यो पुल आर्क ब्रिज मोडलमा निर्माण गर्न लागिएको छ । तस्बिरः कृष्ण आचार्य/ तस्बिरः रासस

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ५९ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत