मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किमी लम्बाइको मोरङ लेटाङ-६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताएका छन् ।

उनले सडक निर्माणपछि यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । अब अन्य आयोजनाको छनोट गरेर आवश्यकता आधारमा निर्माण हुने जनाउँदै मुख्यमन्त्री कार्कीले सुनिश्चिततासहित योजना छनोट हुने बताए । 

कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निर्माणकार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । सो सडकको सन्तोषी-जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी रु ८७ करोड तीन लाख ५३ हजार २७ मा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ३ : २७ बजे

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा