एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा « Khabarhub

एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।

समूह ‘बी’ बाट युथ अफ टीकापुरले सेमिफाइनलमा स्थानसमेत पक्का गरेको छ । पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तीन जीतका टीकापुरले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले सात विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए । युथ अफ टीकापुरका लाग सुमित महर्जनले दुई विकेट लिए भने मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले एक/एक विकेट लिए ।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै युथ अफ टीकापुरले सात विकेट गुमाएर ९४ रन बनायो । टीकापुरका लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए । केसीले २७ बलमा एक चौका र तीन छक्का तथा जैसीले २२ बलमा तिन चौका र एक छक्का प्रहार गरे । ३८ रनमा चार विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौँ विकेटको लागि ५५ रनको साझेदारी गरे ।

कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले दुई/दुई तथा लोकेन्द्र खनाल र पारस रोकायाले एक/एक विकेट लिए । दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदूरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित ग¥यो ।

गरुडाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले २० ओभरमा आठ विकेटको क्षतिमा जम्मा ७५ रन मात्र बनायो । सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका बलर धर्मेन्द्र साहले चार विकेट लिए । उनले चार ओभरमा १२ रन मात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले एक/एक विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । गरुडाका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए । उनले २९ बल खेल्दै पाँच चौका र पाँच छक्का प्रहार गरे । निश्चल बिक्रमले अविजित ४३ रन बनाए । उनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । जम्मा ७६ रनमा छ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे ।

सुदूरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दीप विष्टले दुई/दुई विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले एक÷एक विकेट लिए ।

प्रतियोगिताका उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ३८ बजे

हुरीले टीकापुरमा केराखेती नष्ट

टीकापुर– बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा