एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा | Khabarhub Khabarhub

एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।

समूह ‘बी’ बाट युथ अफ टीकापुरले सेमिफाइनलमा स्थानसमेत पक्का गरेको छ । पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तीन जीतका टीकापुरले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले सात विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए । युथ अफ टीकापुरका लाग सुमित महर्जनले दुई विकेट लिए भने मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले एक/एक विकेट लिए ।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै युथ अफ टीकापुरले सात विकेट गुमाएर ९४ रन बनायो । टीकापुरका लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए । केसीले २७ बलमा एक चौका र तीन छक्का तथा जैसीले २२ बलमा तिन चौका र एक छक्का प्रहार गरे । ३८ रनमा चार विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौँ विकेटको लागि ५५ रनको साझेदारी गरे ।

कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले दुई/दुई तथा लोकेन्द्र खनाल र पारस रोकायाले एक/एक विकेट लिए । दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदूरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित ग¥यो ।

गरुडाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले २० ओभरमा आठ विकेटको क्षतिमा जम्मा ७५ रन मात्र बनायो । सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका बलर धर्मेन्द्र साहले चार विकेट लिए । उनले चार ओभरमा १२ रन मात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले एक/एक विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । गरुडाका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए । उनले २९ बल खेल्दै पाँच चौका र पाँच छक्का प्रहार गरे । निश्चल बिक्रमले अविजित ४३ रन बनाए । उनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । जम्मा ७६ रनमा छ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे ।

सुदूरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दीप विष्टले दुई/दुई विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले एक÷एक विकेट लिए ।

प्रतियोगिताका उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ३८ बजे

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन