निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल | Khabarhub Khabarhub

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

पार्टीको निर्वाचन आयोगद्वारा आज आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली भएको बताए ।

समाजमा वर्ग सङ्घर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको बताउँदै उनले भने, ‘हामी अहिले गणतन्त्रमा छौँ । लोकतन्त्र क्रमिकरुपमा विकास हुँदै जान्छ, लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन हो ।’

विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवन शैलीलाई सहज बनाउन सकिने बताउँदै नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणका लागि आर्थिक र समाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो ।

इतिहासकारहरूले इतिहास बिगारेका बताउँदै उनले भने, ‘दास युगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ । नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो ।’

सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरङ्कुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए ।

विश्वका धेरै जसो देशमा पुँजीवादी लोकतन्त्र रहेको बताउँदै उनले यस लोकतन्त्रले पुँजीवादीहरूकै हित गर्ने तथा हामीले अँगालिरहेको निर्वाचन प्रणाली पनि पूँजीवादी पद्धति भएको बताए। नेता खनालले अहिले प्रविधिको विकास तीव्र रुपमा विकास भइरहेको बताउँदै निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १० : ४४ बजे

चितवनराष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय

चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न

पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ

भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र