निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल « Khabarhub

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

पार्टीको निर्वाचन आयोगद्वारा आज आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली भएको बताए ।

समाजमा वर्ग सङ्घर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको बताउँदै उनले भने, ‘हामी अहिले गणतन्त्रमा छौँ । लोकतन्त्र क्रमिकरुपमा विकास हुँदै जान्छ, लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन हो ।’

विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवन शैलीलाई सहज बनाउन सकिने बताउँदै नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणका लागि आर्थिक र समाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो ।

इतिहासकारहरूले इतिहास बिगारेका बताउँदै उनले भने, ‘दास युगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ । नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो ।’

सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरङ्कुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए ।

विश्वका धेरै जसो देशमा पुँजीवादी लोकतन्त्र रहेको बताउँदै उनले यस लोकतन्त्रले पुँजीवादीहरूकै हित गर्ने तथा हामीले अँगालिरहेको निर्वाचन प्रणाली पनि पूँजीवादी पद्धति भएको बताए। नेता खनालले अहिले प्रविधिको विकास तीव्र रुपमा विकास भइरहेको बताउँदै निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १० : ४४ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर