नेप्सेमा उछाल, एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक, आजलाई कारोबार बन्द « Khabarhub

नेप्सेमा उछाल, एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक, आजलाई कारोबार बन्द


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा आज उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ ।

आज बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

नेप्सेमा आज तीनपटक सकारात्मक सर्किट ब्रेक भएको थियो । यस दिन  जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुन्छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको हो। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक १११ दशमलव २ अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ३३ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने