सर्लाही घटना ढाकछोप गर्न सरकार उद्दत रहेको कांग्रेस नेता खाँणको आरोप « Khabarhub

सर्लाही घटना ढाकछोप गर्न सरकार उद्दत रहेको कांग्रेस नेता खाँणको आरोप


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन् ।

काँग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोली लागि सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दा पनि सरकारले नमानेपछि प्रतिनिधिसभा बैठक सोमबार पनि अवरुद्ध पार्नु परेको प्रष्ट पारे ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न सरकारलाई खवरदारी गर्न पनि आफूहरु लागि परेको स्पष्ट पारे ।

प्रमुख सचेतक खाँणले गैर न्यायिक ढंगले प्रहरीको गोली लागेर मान्छे मार्ने काम गरिए पछि आफूहरुले मानव अधिकारको रक्षाका लागि पनि त्यसको तथ्य बाहिर ल्याउन सरकारसँग संसदीय छानविन समिति गठन गर्न माग गर्ने एजेन्डालाई निरन्तरता दिएको बताए ।

सरकार सो घटनालाई ढाकछोप गर्न लागि परेको पनि प्रमुख सचेतक खाँणको आरोप छ । प्रमुख सचेतक खाँणले सो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरासँग पनि पटक–पटक छलफल गरेपनि सुनुवाई नभएको पनि बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : १६ बजे

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने