नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ « Khabarhub

नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुङ्गाबाट दुई किलो सुनसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ३९ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल