पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि… « Khabarhub

पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि…


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखिएको बस एक जना किशोरले चोरी गरेका हुन् ।

शुक्रबार ग १ ख ९६३८ नम्बरको बस चोरेर लैजाँदै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो ।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

उनको परिचय प्रहरीले गोप्य राखेको छ । उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ११ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति