इटहरीका सामुदायिक विद्यालयमा मेन्यूसहितको दिवा खाजा « Khabarhub

इटहरीका सामुदायिक विद्यालयमा मेन्यूसहितको दिवा खाजा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा ‘दिवा खाजा’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा जंकफुड निषेध गर्दै उपमहानगरले बालकक्षादेखि ६ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजाको सूची सार्वजनिक गरेको हो ।

उपमहानगरले नेपालमै पहिलो पटक टेण्डरमार्फत मासुसहितको मेन्युको खाजा खुवाउन सुरु गरेको हो।
नेपालमै पहिलो पटक यस्तो दिवा खाजाको व्यवस्था गरिएको भन्दै इटहरीका मेयर हेकर्ण पौडेलले भने, ‘धेरै साथीहरुले खिसीट्युरी गरेका थिए,के यो सम्भव छ भनेर तर आज सम्भव भयो। केहि राम्रो काम गर्दा आलोचना हुने गर्छ ।’

सूचीअनुसार आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल दिइनेछ । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउने मेन्युमा उल्लेख गरिएको छ।

यस्तै, बुधबार चामलको खीर र तरकारी खुवाईने, बिहीबार दही, चिउरा र तरकारी दिईने छ भने शुक्रबार खसी वा कुखुराको मासु र चिउरा व्यवस्था गरिएको छ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा व्यवस्था गरिएको जनाएको छ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको बताईएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको